Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

सत्ता गठबन्धन भत्कियो : एमाले, माओवादी र रास्वपाको नयाँ सरकार बन्ने

काठमाण्डाै –  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन भत्किएको छ । अब एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको समीकरणमा नयाँ सरकार बनाउने तयारी छ।

आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ ।

मन्त्रिपरिषद् हेरफेर र राष्ट्रिय सभा अध्यक्षको विषयमा कांग्रेससँग कुरा नमिलेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो बेलुकी एमाले, रास्वपा र राजपाका शीर्ष नेताहरुसँग भेट गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन टुट्ने सङ्केत दिएपछि आज बिहानैदेखि एमाले, माओवादी र रास्वपाका नेताहरु पार्टीको आन्तरिक बैठकमा बसेका थिए ।

प्रचण्डले नयाँ समीकरण बनाउन खोजेको थाहा पाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा मन्त्रिपरिषद् हेरफेर गर्न तयार हुनुभएको थियो । आज बिहान गठबन्धनको बैठक पनि बोलाइएको थियो । तर गठबन्धनको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण अगाडि बढाउनुभएको नेताहरुले बताएका छन् । उज्यालो

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com