Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

एमालेका ११ हजार ५९७ उम्मेदवार विजयी

जेठ, ९ काठमाडौं । निर्वाचन आयोगले मतगणना सम्पन्न भएका पालिकामा नेकपा एमालेका ११ हजार ५९७ जना उम्मेदवार विजयी भएको जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनीहरु प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा निर्वाचित भएका हुन् ।

कूल ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिनेमध्ये हालसम्म ३४ हजार २६९ जना निर्वाचित भइसकेका छन् ।

एमालेको तर्फबाट उम्मेदवारी दिनेमध्ये प्रमुखमा ७६, अध्यक्षमा १२३, उपप्रमुखमा १०१, उपाध्यक्षमा १२५, वडा अध्यक्षमा २०८४, महिला सदस्यमा २ हजार २८४, दलित महिला सदस्यमा २ हजार २३२ र सदस्यमा ४ हजार ५७२ जना विजयी बनेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com