Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

युरोपेली देशमा भइरहेकाे किसान आन्दाेलनलाई समर्थन गर्दै माल्टामा प्रदर्शन

युरोपियन देशमा भइरहेकाे किसानको आन्दोलनलाई समर्थन गर्दै माल्टाका किसानले पनि प्रदर्शन गरेका छन् ।  युरोपका किसानले एक हप्तादेखि उत्पादनले उचित बजार भाउ नपाएको, लागत धेरै भएको र युरोपियन युनियन ईयूले किसान र कृषि क्षेत्रमा लगाएका नियमहरु किसानमैत्री नभएको भन्दै किसानहरुले प्रदर्शन गर्दै आएका छन् । यही आन्दोलनमा ऐक्यबद्धता जनाएर माल्टाले समेत विरोध प्रदर्शन गरेको हो ।

यो प्रदर्शन १९८२ मा सक्रिय किसान संघ र खाद्य क्षेत्रसँग सम्बन्धित अरु निकायले गरेको आन्दोलनपछि माल्टाको कृषि क्षेत्रमा पहिलो पल्ट विरोध भएको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

बेल्जियमलगायत अन्य युरोपेली देशहरूमा किसानले आफ्ना ट्र्याक्टरहरूमा विरोध कार्यक्रमका ब्यानरहरू टाँसेका खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com