Yeti Khabar

२०८१ बैशाख ५, बुधबार - Wed Apr, 2024 -

उपत्यकामा २७ जनामा हैजा पुष्टि

असार २५ काठमाडौं । अहिलेसम्म २७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज दिएको जानकारी अनुसार २७ जनामा हैजा पुष्टि भएको हो।

जसमध्ये १० जनाको केस स्टूल कल्चर गरी, १२ केस आरडिटी र पाँच जनाको केस ह्याङिङ ड्रप गरी पुष्टि भएको हो।
सुरूमा असार २ गते हैजा देखिएको थियो। काठमाडौंको बागबजार बस्ने एकै परिवारका दुई जनामा पुष्टि भएको थियो। त्यसको भोलिपल्टै ललितपुरको सानेपामा पनि देखिएको थियो।

असार ५ गते फेरि डिल्लीबजारमा चौथो केस देखिएको थियो।
असार ६ गते बुढानिलकण्ठ-१० कपनका एक जनामा र असार ७ गते काठमाडौं-१६ बोराटारमा पनि हैजा देखिएको थियो।
अहिले तीन जना अस्पतालमा उपचाररत छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com