Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

भारतमा पछिल्लो १३ दिनमा ११ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढाउनु परेको अधिकारीहरूले जनाएका छन्।
पछिल्लो १३ दिनमा ११ पटक मूल्य वृद्धि हुँदा पहिलाभन्दा प्रति लिटरमा ८ रूपैयाँ मूल्य बढी भएको हो।

भारतमा पछिल्लो समय प्रतिलिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको हो।
यो सँगै भारतमा सबैभन्दा बढी मुम्बईमा पेट्रोलको मुल्य ११८.४१ भारतीय रूपैयाँ पुगेको छ। यस्तै डिजेलको मूल्य १०२.६४ रूपैयाँ पुगेको छ।
संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य १०३.४१ भारतीय रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य प्रतिलिटर ९४.६७ भारतीय रूपैयाँ रहेको छ।

नेपाल आयल निगमका अनुसार शुक्रबार पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्यमा सामान्य घटेको छ। नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ।

डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको छ। यस्तै, मट्टितेलको मूल्य लिटरमा २२ रूपैयाँ १९ पैसाले बढेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले जनाएको छ ।

लगातार बढिरहेको डिजेल र पेट्रोलको मूल्यवृद्धि रोकिए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमै २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको निगमले जनाएको छ ।
निगमका अनुसार हाल पेट्रोल प्रतिलिटर २७ रुपैयाँ र डिजेलमा ३२ रुपैयाँ घाटा छ। मट्टितेलमा १ रुपैयाँ ९९ पैसा नाफा र हवाई इन्धनमा आन्तरिकतर्फ १२ रुपैयाँ ८४ पैसा तथा बाह्यतर्फ ६१ रुपैयाँ नाफा छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com