Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बालेन, सिर्जना र केशवबाहेक अरूले १० प्रतिशत मत कटाएनन्

काठमाडौं महानगरपालिकाको २७ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर एकदेखि १२ सम्म तथा १८ देखि ३२ सम्मको मत गणना सकिएको छ।
अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ वडाको मत गणना जारी छ।

हालसम्म कुल १ लाख ७२ हजार २ सय ५५ मत गणना हुँदा मेयर पदमा १ लाख ४५ हजार ५६३ सदर मत परेको छ। ६७५६ मत पूर्ण बदर भएको छ।
जसमा स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन्।
मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ५६ हजार १४८ मत प्राप्त गरेका छन्। अर्थात कुल खसेको सदर मतको ३८.५७ प्रतिशत मत पाएका छन्।

दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ४७८ मत अर्थात कुल खसेको सदर मतको २४.३७ प्रतिशत पाउँदा एमालेका केशव स्थापितले ३४ हजार ८५४ मत ल्याएका छन्।

चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म ११ हजार ७६३ मत प्राप्त गरेका छन्। जुन कुल सदर मतको ८.०८ प्रतिशत हो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदन दास श्रेष्ठले ५२४६ मत प्राप्त गर्दै पाँचौ स्थानमा छन्। अर्थात उनले कुल खसेको सदर मतको ३.६० प्रतिशत मत पाएका छन्।
यस्तै विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समिक्षा बाँस्कोटाले ६१४ मत पाएकी छन्। उनले कुल खसेको सदर मतको ०.४२ प्रतिशत पाएकी छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com