Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

लागुऔषध सहित ५ जना पक्राउ

असोज,१३ काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएका २६ वर्षीय उत्तम आचार्य, २० वर्षीय अरुण राई, काठमाडौंको चन्द्रागिरी घर भएका सुविन श्रेष्ठ, भारतीय नागरिक ओम प्रकाश महतो र बारा घर भएका प्रदिप बोहरा क्षेत्री छन् ।

वीरगञ्ज–१४ स्थित गण्डक सडक खण्डबाट ना।१ घ २८२३ नम्बरको ई–रिक्सामा सवार उनीहरुको साथमा लागुऔषध फेला परेको पर्साका एसपी रमेश बस्नेतले जानकारी दिनुभयो। आरोपीहरुको साथबाट निट्जाकेयर ट्याब्लेट ३०० वटा, डाइजेपाम १७ सय पिस, फेनारगन १७ सय पिस र नुर्फिन १७ सय पिसा बरामद गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com