Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कोलकातामाथि सानदार जित निकाल्दै लखनऊ शीर्षस्थानमा

लखनऊ सुपर जायन्ट्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को शीर्ष स्थानमा उक्लिएको छ।
गएराती कोलकाता नाइट राइडर्सलाई ७५ रनले हराउँदै नवप्रवेशी लखनऊ ११ खेलबाट आठौं जितसहित शीर्षस्थानमा उक्लिएको हो।

१ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता १४.३ ओभरमा १ सय १ रनमा समेटियो। कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक ४५ रनको इनिङ खेले पनि अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

सुनिल नारायणले २२ र आरोन फिन्चले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बाबा इन्द्रजित शून्य, नितिश राना २, रिन्कु सिंह र श्रेयस ऐर समान ६–६ रनमा आउट भए ।

कोलकातालाई सस्तैमा रोक्न लखनऊका आवेश खान र जेसन होल्डरले ३-३ विकेट लिए । मोहसिन खान, दुश्मन्था चामिरा र रवि विश्रोईले १-१ विकेट हात पारे।
त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो।

लखनऊका लागि ओपनर क्विन्टन डि कक सर्वाधिक ५० रन बनाए। दीपक हुडाले ४१ रन जोड्दा मार्कस स्टोइनिसले २८ रन बनाए। क्रुनाल पान्डेले २५, आयुष बदोनी १५ र जेसन होल्डरले १३ रन बनाए। लोकेश राहुल शुन्यमा आउट भए।

कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए। यस्तै टिम साउथी, शिवम माभी र सुनिल नारायणले १–१ विकेट हात पारे।
यो जितसँगै लखनऊ प्लेअफ नजिक पुगेको छ। अब तीन खेलमध्ये कुनै एक खेलमा विजयी भए लखनऊ प्लेअफमा पुग्नेछ।

लखनऊले अब गुजरात टाइटन्स, राजस्थान रोयल्स र कोलकातासँग खेल्न बाँकी छ।

यता आज हारसँगै कोलकाताको प्लेअफ सम्भावना अंकगणीतिय मात्र बाँकी छ। कोलकाताले अब खेल्ने तीनै खेलमा विजयी हुँदा पनि अरू टिममा भर पर्नुपर्ने हुन्छ।

कोलकाताले अब मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद र लखनऊसँग खेल्नेछ।
११ खेलमा ८ मा जित र ३ मा हार सहित लखनऊ १६ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ। समान खेलबाट समान अंक भए पनि रनरेटमा पछि परेको गुजरात दोस्रो स्थानमा झरेको छ। राजस्थान रोयल्स ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर ११ खेलमा ६ मा जित र ५ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा छ।
समान १० अंक जोडेका दिल्ली, हैदराबाद र पन्जाब रनरेटका आधारमा पाँचौ, छैठौं र सातौं स्थानमा छन्।

चेन्नई १० खेलमा ३ मा जित र ७ मा हार सहित नवौं स्थानमा छ । मुम्बई १० खेलमा २ मा जित र ८ मा हार सहित पुछारमा छ ।
आज दुई खेल हुनेछन्। पहिलो खेलमा सनराइज हैदारावाद र रोयल च्यालेन्जर्स बैंलोरबीच हुनेछ। दोस्रो खेलमा चेन्नई सुपर किङ्सले दिल्लीको सामना गर्नेछ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com