Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

झापाको खेतमा हात्ती मृत अवस्थामा फेला

असार, १७ काठमाडौं । झापाको एक खेतमा हात्ती मृत अवस्थामा फेला परेको छ।
बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ आयाबारीस्थित मीना कार्कीको घर पछाडी खेतमा हात्ती मृत अवस्थामा फेला परेको छ।
हात्ती के कारणले मरेको हो भन्ने खुलेको छैन। खेतमा हात्ती लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

स्थानीय तीर्थ तिम्सिनाले हात्ती के कारणले मरेको हो भन्ने विज्ञहरू आएपछि मात्रै थाहा हुने बताए।
स्थानीय, वन कार्यालयका कर्मचारी तथा रक्षकले मृत हात्तीलाई घेरा हालेर बसेका छन्।
हात्तीको दाह्रा, सुढ, पुच्छर र खुर सुरक्षित छ। स्थानीयका अनुसार मृत हात्तीको शरीरमा कुनै पनि चोटपटक छैन।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com