Yeti Khabar

२०७९ आश्विन १२, बुधबार - Wed Sep, 2022 -

मूल्यवृद्धिबारे सदनलाई जानकारी दिन सभामुखको रुलिङ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले सत्यतथ्य सदनलाई जानकारी गराउन सकारलाई रुलिङ गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै नेकपा (एमाले)की सचिव एवम् सांसद पदमा अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग राखेकी हुन्।

त्यसलगत्तै सभामुख सापकोटाले त्यस सम्बन्धमा सत्यतथ्य सदनमा प्रस्तुत गर्न सरकारलाई रुलिङ गरेका हुन्।
सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग राखेकी थिइन्।
उनले सरकारले सो जवाफ नदिँदासम्म आफ्नो पार्टीले संसद चल्न नदिने बताइन्।

सचिव अर्यालले भनिन्, ‘मूल्यवृद्धि गर्दै जनतालाई आहात दिने काम गरेको छ, राहत दिने काम गरेको छैन। त्यसैले यो बेला राहत दिने बेला हो सभामुख महोदय। जनतालाई आहात दिने बेला होइन। आज मूल्यवृद्धिबाट जनताको जीवन जसरी कष्टकर बनिरहेको छ। यो कुरालाई नेकपा एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन। हामीले जनताको आवाजहरु यो संसदमा बोल्नैपर्ने हुन्छ, सभामुख महोदय। त्यसैले मैले जनताको तर्फबाट, नेकपा एमालेको तर्फबाट सम्माननीय सभामुखमार्फत् यति छोटो समयमा यति ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई के आईपर्‍योरु यसको जवाफ चाहन्छौं हामी सभामुख महोदय। त्यसैले जनताको जीवनसँग जोडिएको, जनताको जीविकासँग जोडिएको यस्ता महत्वपूर्ण विषयहरुमा बाध्यता के आईलाग्यो रु किन मूल्य बढाइयो भन्ने सन्दर्भमा माननीय मन्त्रीज्यूले यो सदनलाई आएर जवाफ नदिँदासम्म, जनतालाई चित्तबुझ्दो जवाफ नआउँदासम्म यो देशको सबभन्दा ठूलो पार्टी, यो संसदको सबभन्दा ठूलो दल आज प्रतिपक्ष बेन्चमा छ, नेकपा एमाले। नेकपा एमालेले यसको सही जवाफ नपाउँदासम्म, चित्त नबुझ्दासम्म सदन चल्न सक्दैन सभामुख महोदय। त्यसैले सम्माननीय सभामुखज्यूको तर्फबाट आज नै जवाफ दिनको निम्ति माननीय मन्त्रीलाई रुलिङ गर्नका निम्ति हार्दिक आग्रह गर्न चाहन्छु।’

त्यसलगत्तै एमाले सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए। सभामुख सापकोटाले सदनको ध्यानाकर्षण भएको भन्दै त्यसको सत्यतथ्यबारे सदनलाई जानकारी सरकारलाई रुलिङ गरेका थिए। नागरिक दैनिक

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com