Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

भक्तपुरमा मध्यराति ताला फोडेर सहकारी चोरी गर्दै १ जना पक्राउ

बैशाख,८ काठमाडौं । मध्यराति ताला फोडेर भक्तपुरमा सहकारी चोरी गर्दागर्दै १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको भुमेस्थान गाउँपालिका–३ ढाकरेका ५६ वर्षीय शुत्रबहादुर तामाङ छन्।

हिजो राति पौन १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार धन्सारचोकमा रहेको प्रकाशजंग थापाको घरमा रहेको सहकारी ताला तोडेर चोरी हँदै गरेको भन्दै प्रहरीमा खबर आएको थियो।

तत्कालै प्रभाग सिरुटारबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो। तामाङ मुख्य ढोका फोडेर सहकारीभित्र प्रवेश गरेर चोरी गर्न लाग्दै गर्दा पक्राउ गरेका हुन्। अन्य ३ जना भने फरार भएका प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com