Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

डोटीको पूर्वीचौकी गाउँपालिका वडाध्यक्ष जोशीको निधन

डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो ।

बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेका पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए।

उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो। उनको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताए।
जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com