Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

अमेरिकाको कन्सास सहरको बारमा गोली चल्दा ३ जनाको मृत्यु

जेठ,८ काठमाडौं । संयुक्त राज्य अमेरिकामा आइतबार बिहान (स्थानीय समय) कान्सास सहरको बारमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

पीडितमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । एकजना बारभित्र र अर्का भवनबाहिर मृत अवस्थामा फेला परेका थिए। त्यसैगरी अर्का घाइतेको अस्पतालमा मृत्यु भएको थियो।

गोलीबारीमा घाइते भएका अन्य दुई जनालाई अस्पताल लगिएको प्रहरीले बताएको छ। फक्स न्यूजका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ भने अर्काको अवस्था स्थिर रहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com