बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/03/6215a48f3ab8b_death-58450071035177.19100624.jpg)
काठमाडौं १८ चैत । महानगरपालिका १ का ६४ वर्षीय गुलाम महमदको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। दुर्घटना बिहीबार साँझ पौने ७ बजे भएको हो।
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/03/1574065060accident1111635074858-1024x576.jpg)
नयाँ सडकबाट भोटाहिटीतर्फ जाँदै गरेको बागमती प्रदेश -०३-००१ क ०५५१ नम्बर को शंकर अक्सिजन ग्यास प्राइभेट लिमीटेडको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिएको हो। बा. ६४ प ६३८० नम्बरको मोटरसाइकल ठक्कर दिएको हो।
प्रहरीले घटनापछि मोटरसाइकल चालक महमदलाई वीर अस्पताल लगिएको थियो। उनको त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो ।