वरिष्ठ पत्रकार एवम् साहित्यकार राजेश्वरको निधन
भदौ,१२ काठमाडौं । प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको ७८ वर्षको उमेरमा निधन भएको छ । उनको हिजो बेलुका जनकपुरधामस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनी विगत १४ महिनादेखि बिरामी परेका थिए । उनी प्रोटेस्ट क्यान्सरबाट पीडित थिए । मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेपछि मिसन पत्रकारिताबाट आफ्नो पत्रकारिता जीवन सुरुवात गरेका थिए ।
उनले पत्रकारिता तथा साहित्यका माध्यमबाट लोकतन्त्र, समाजवाद र समानताका लागि निरन्तर आवाज उठाएका थिए । उनले २०१८ सालदेखि पत्रकारिता सुरु गरेका थिए ।