Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

मिसन ८४ नेपाली जनताको हो: ओली

sharethis sharing button

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन्।

समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत भोजपुरबाट फर्कने क्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा उनले एमालेले सुरू गरेको यस अभियान एमालेको मात्र नभएर नेपाली जनताको पनि भएको बताए।

अध्यक्ष ओलीले आफ्नो पार्टीले साढे तीन वर्ष सरकारको नेतृत्व गर्दा मुलुकमा विकास गरेको बताए। उनले सरकारमा जाने जुनसुकै पार्टी देशभक्त, विकासप्रेमी तथा सुशासनको पक्षमा हुनुपर्ने  र भेद्भाव र पक्षपात नगर्ने चरित्रको हुनुपर्नेमा जोड दिए।

गत मंसिर १४ गतेदेखि सुरु भएको सङ्कल्प यात्राअन्तर्गत बुधबार भोजपुर आइपुगेको टोली भोजपुरको पूर्वका गाउँपालिकामा हुने भेटघाट कार्यक्रममा सहभागी भएर आज धनकुटा हुँदै तेह्रथुम पुग्ने कार्यक्रम छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com