Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

मोरक्को भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या २ हजार ६ सय ८१ जना पुग्यो

मोरक्कोमा शुक्रवार राति गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६ सय ८१ जना पुगेको छ । दुर्गम पहाडी क्षेत्रमा पुगेको उद्धार टोलीले भग्नावशेषबाट शव निकाल्ने क्रम शुरु भएसँगै ज्यान गुमाउनेहरुको सङ्ख्या बढिरहेको बीबीसीले जनाएको छ ।

भूकम्प प्रभावित पहाडी क्षेत्र पुग्ने सडकमा ठूला ढुङ्गाको अवरोधका कारण उद्धारमा ठूला उपकरणको प्रयोग गर्न नमिलेको र उद्धारकर्ताले सामान्य औजार प्रयोग गरेर भग्नावशेषमा फसेकाहरूको उद्धार गरिरहेका बीबीसीले जनाएको छ । दुई हजार पाँच सय जनाभन्दा धेरै घाइतेहरुको अस्पतालमा उपचार भइरहेको मोरक्कोको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मोरक्कोको हाइ एट्लस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । धेरै व्यक्ति भूकम्पले बनाएको खण्डहरूमा बसिरहेका र राहत पर्खिरहेका बीबीसीले जनाएको छ ।

मोरक्कोले अहिलेसम्म बेलायत, स्पेन, कतार र यूएईको सहयोग मात्र स्वीकारेको छ । मोरक्कोका आन्तरिक मामिला मन्त्रालयका अनुसार भूकम्पको धक्काबाट थुप्रै भवन तथा भौतिक संरचना भत्किएका छन् । कतिपय भत्किएका भवनमा मानिसहरू पुरिएर रहेको हुन सक्ने आकलन गरिएको छ ।

मोरक्कोमा यसअघि सन् १९६० को शक्तिशाली भूकम्पमा १२ हजारको ज्यान गएको थियो ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com