Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

इटहरीमा आधुनिक बसपार्क निर्माण सुरु

माघ,२३ काठमाडौं । ट्राफिक चाप बढ्दै जाँदा इटहरीमा आधुनिक बसपार्क निर्माण सुरु भएको छ । इटहरीको पुरानो बसपार्क क्षेत्रमै नगर विकाश कोषसँगको साझेदारीमा बसपार्क निर्माण सुरु भएको हो ।

आज बसपार्कको शिलान्यास भएको हो । २०८२ असारसम्ममा निर्माण सम्पन्न हुने बसपार्क बन्दै गरेको वडाका वडाध्यक्ष जितेन्द्र थापाले भन्नुभयो । ठेकेदारले समयमै काम नसक्ने गरेको भन्दै इटहरी प्रमुख हेमकर्ण पौडेलले तोकिएकै समयमा निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् ।

बसपार्क निर्माणका लागि ९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का लगाइएको छ । इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर व्यवस्थित बसपार्क बनाउन लागेको हो । झन्डै दुई दशकअघि निर्माण भएको बसपार्क अव्यस्थित भएको कारण नमुना बसपार्क निर्माणको काम सुरु भएको नगरप्रमुख पौडेलको भनाइ छ ।

बसपार्क निर्माणमा नगर विकास कोष काठमाडौंको ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ । उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेका अनुसार एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतिक्षालय, सभाहल, रेष्टुरेन्ट रहनेछन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com