Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

गाजाको खान युनिस अस्पतालको सामूहिक चिहानबाट दुई सयभन्दा बढी शव फेला

गाजाको खान युनिसको नासेर अस्पतालबाट अहिलेसम्म दुई सय जनाको शव निकालिएको छ । गाजामा विद्रोही समूह हमासले सञ्चालन गरेको  सिभिल डिफेन्स एजेन्सीकाअनुसार यी शवहरू सामूहिक चिहानमा गाडिएको अवस्थामा फेला परेका हुन् । शवहरूलाई अस्पताल छेउ गाडेको पाइएको बीबीसीले जनाएको छ ।

यो अस्पताललाई इजरायली सेनाले नियन्त्रणमा लिएको थियो । इजरायली सेनाले नियन्त्रणमा लिएका धेरै व्यक्तिको हत्या भएको हमासले दावी गरेको छ । इजरायलले अस्पतालमा शव फेला परेको विषयमा थप अनुसन्धान गरिरहेको खबरमा उल्लेख छ ।

खान युनिस अस्पताल वरपरको क्षेत्रमा केही हप्तासम्म भएको युद्धपछि इजरायली सेनाहरू दुई हप्ता अघि त्यहाँबाट पछि हटेका थिए । सन् २०२३ को अक्टोबरमा इजरायलमा हमासले आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा व्यापक सैन्य कारबाही गरिरहेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com