Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

नारायणगढ– मुग्लिन सडकखण्डमा गुडिरहेको स्कुटर र मोटरसाइकलमा पहिरो खस्दा तीन जना घाइते

असार, ४ काठमाडौं । नारायणगढ– मुग्लिन सडकखण्डमा गुडिरहेको स्कुटर र मोटरसाइकलमा पहिरो खस्दा तीन जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ तोपेखोलास्थित नाम्सीपुल नजिक गुडिरहेको बेला माथिबाट सुख्खा पहिरो खस्दा तीन जना घाइते भएका हुन् ।

स्कुटरमा सवार दुई जना र मोटरसाइकलमा सवार एक जना घाइते भइको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सामान्य घाइते भएर घरतिर हिडेको तथा लु ८८ प २७४ नम्बरको स्कुटरमा सवार भरतपुर ७ बस्ने ३२ बर्षकी एन्जिला गुरुङ र सोही स्कुटरको पछाडि बस्ने ३८ बर्षकी सरला भण्डारीलाई उपचारका लागि भरतपुर ल्याइएको प्रहरीले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com