Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

अर्थतन्त्र बलियाे बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ : कृषिमन्त्री भुसाल

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले अर्थतन्त्रलाई बलियाे बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताउनु भएकाे छ । 

राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले खुमलटारमा आयाेजना गरेकाे २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मा उहाँले प्रविधि र बिउ किसानसम्म पुर्‍याएर उपलब्धि हासिल गर्नतर्फ लाग्नुपर्ने बताउनु भएकाे हाे । उहाँले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको बताउनु भएकाे छ । 

‘हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पुर्‍याउन नसक्दा बसाइँसराइकाे दर बढिरहेकाे छ  । यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति छ, सेवा सुविधा पुर्‍याउन मन्त्रालय क्रियाशील हुनेछ ‘ भुसालले भन्नुभयो । 

उहाँले राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको समेत बताउनु भएकाे छ । मन्त्री भुसालले कृषि सामग्री संस्थानसँग र साल्ट ट्रेडिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यस वर्ष मलको अभाव नहुने दाबी गर्नुभयाे ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com