Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

यी हुन् प्रचण्ड क्याविनेटका पाँच नयाँ मन्त्री 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौँ पटक मन्त्रिरिषद् विस्तार गरेका छन् । दोस्रोपटक विश्वासको मत लिएपछि शुक्रबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरे पनि पूर्णता दिन सकेका छैनन् । 

प्रचण्डको मन्त्रिपरिषद्‌मा पहिलोपटक मन्त्री बनेका पाँच अनुहार छन् । एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपन्छी मन्त्री बनेका छन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् । नेकपा एसबाटै प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । कर्णाली प्रदेशको अर्थमन्त्री बनेका ज्वाला केन्द्र सरकारमा मन्त्री बनेका थिएनन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्थामन्त्री बनेकी छिन् । उनी पहिलोपटक मन्त्री बनेकी हुन् । यसैगरी, कांग्रेसका रमेश रिजाल र सीता गुरुङ पनि पहिलोपटक मन्त्री बनेका छन् । रिजाल उद्योगमन्त्री र गुरुङ शहरी विकास मन्त्री बनेकी छिन् । यसअघि २०७४ सालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गुरुङ राज्यमन्त्री बनेकी थिइन् । शिलापत्र बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com