Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

त्रिवि सेवा आयोगमा राजनीतिक हस्तक्षेप अन्त्य गरिनेछ : शिक्षामन्त्री 

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त सदस्य पदका लागि दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त सदस्य पदका लागि दरखास्त आह्वान खुलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार आयोगको रिक्त सदस्य पदका लागि आवेदन खुलाएको हो । यसअघि आयोगमा राजनीतिक दबदबा हुँदा कामकारबाही प्रभावित भएको भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठले विनाराजनीतिक हस्तक्षेप त्रिवि आयोगमा सदस्य नियुक्ति गर्ने दाबी गरेकी छिन् । 

सोमबार राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को बैठकमा बोल्दै मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको दलीय राजनीति अन्त्य गर्ने अभियान थाल्ने बनाइन् । उनले यसको सुरुवात त्रिविबाट गर्नुुपर्ने भन्दै आफूले त्रिवि सुधारमा बढी ध्यान दिएको बताइन् । 

शिक्षा मन्त्रालयले आयोगको सदस्य पदमा नियुक्तिका लागि सिफारिस समिति बनाएको छ भने त्रिवि सेवा आयोगको सदस्य छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ जारी भइसकेको छ । सिफारिस समितिको संयोजकका शिक्षामन्त्री श्रेष्ठ छिन् । कार्यविधि बन्न ढिलो भएकाले पनि सदस्य नियुक्तिमा ढिलो भएको शिक्षा मन्त्रालयले जनाएको छ । आवेदन खुलेसँगै इच्छुक तथा योग्य व्यक्तिले २८ चैतसम्म आवेदन फाराम भर्न सक्नेछन् । शिक्षामन्त्री श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति बनेको छ । 

गत मंसिरमा सेवा आयोगको सदस्य पद रिक्त भएको थियो । आयोगको सदस्य छनोट तथा सिफारिसमा आफ्नो मुख्य भूमिका हुने भएकाले शिक्षामन्त्री श्रेष्ठले तटस्थ र योग्यताका आधारमा छनोट हुने बताउँदै आएकी छिन् । ‘शिक्षा क्षेत्रको लगानी परिणाममुखी हुन नसक्नुका कारण दलीय भागबन्डा हो,’ उनले भनिन्, ‘मेरो पहिलो प्रयास त्रिविको सेवा आयोगमा भागबन्डा नगरी नियुक्त गर्न सुरु गरेकी छु ।’ 

त्रिवि सेवामा सदस्य नहुँदा कामकारबाही प्रभावित भइरहेको छ भने मंसिरदेखि सदस्य पद रिक्त थियो । त्रिविका स्थायी शिक्षकको कार्यकाल सकिएपछि दरबन्दी खाली रहँदै आएको छ भने स्थायी शिक्षक राख्ने प्रक्रिया अघि बढेको छैन । हाल त्रिविका अधिकांश क्याम्पस र विभागमा करार र आंशिक शिक्षकका भरमा पठनपाठन हुँदै आइरहेको छ । नयाँ पत्रिका

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com