Yeti Khabar

२०८१ भाद्र २६, बुधबार - Wed Sep, 2024 -

गजामा इसराइलको आक्रमणबाट ९ हजार ७७० प्यालेस्टाइनीको मृत्यु

twitter sharing button

इसराइलको आक्रमणबाट गजामा अहिलेसम्म ९ हजार ७७० प्यालेस्टाइनी नागरिकहरूको मृत्यु भएको छ। बिबिसीका अनुसार इसराइल-हमास युद्ध २९ औं दिनमा पुग्दा गजामा साढे ९ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा ४ हजार भन्दा बढी बालबालिका रहेको पनि बिबिसीले उल्लेख गरेको छ अक्टोबर ७ (असोज २०) मा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इसराइलमा आक्रमण गर्दा त्यहाँ १ हजार ४ सय मानिसहरूको मृत्यु भएको थियो।

हमासले इसराइलबाट २४० जनालाई बन्धक पनि बनाएको थियो। प्रतिआक्रमणमा उत्रिएको इसराइलले गजाबाट हमास सक्काउने योजनासहित हवाई हमलासँगै जमिन र समूद्रबाट पनि आक्रमण गरिरहेको छ।

इसराइलले शरणार्थी शिविर र अस्पातालहरूमा हमासका लडाकुहरू लुकेर बसेको दाबी गरेको छ। उसले आइतबार गजापट्टीको अल-मगाजी शरणार्थी शिविरमा आक्रमण गर्दा त्यहाँ ३० जनाभन्दा बढीको मृत्यु भएको हमास शासित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

गत मंगलबार र बुधबार इसराइलले गजाको बाक्लो आवादी भएको जबालिया शरणार्थी शिविरमा हवाई आक्रमण गरेको थियो।उसले हमासका युनिट कमान्डरलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेपनि त्यहाँ दर्जनौं नागरिकहरू मारिएका थिए।

इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले उक्त आक्रमणमा हमासका युनिट कमान्डरहरू इब्राहिम बियारी र मुहम्मद एसार मारिएको दाबी गरेको थियो।

गजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको आह्वानलाई  इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अस्वीकार गर्दै आतंकवादविरूद्ध आत्मसमर्पण नगर्ने बताएका थिए।

लगातारको आक्रमणबाट गजामा हमासका २ हजार ५ सय भन्दा बढी क्याम्प ध्वस्त बनाएको आइडिएफको दाबी छ।

उसले उत्तरी गजाबाट नागरिहरूलाई दक्षिणमा सार्न समेत चेतावनी दिइरहेको छ।

यसबीच मध्यपूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्यालेस्टाइनी प्रशासनका प्रमुख मोहमुद अब्बाससँग भेटवार्ता गरेका छन्।

भेटमा अब्बासले गजामा  युद्धविराम हुनुपर्नेमा जोड दिएका छन्।

ब्लिन्केनले भने गजामा आम नागरिकहरूको मृत्यु हुने अवस्थालाई रोक्नुपर्ने बताएका छन्। उनले अक्टोबर ७ पछि इसराइललाई आत्मरक्षाको अधिकार रहेको पनि बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

गजामा इसराइलको आक्रमणबाट १५ लाखभन्दा बढी मानिसहरू विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com