Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

निर्वाचन आचार संहिताविपरीत काम गर्ने सहायक निर्वाचन अधिकृत हटाइए

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटौंडाले मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत राजकुमार पुडासैनीलाई निर्वाचन आचार संहिताविपरीत काम गरेको आरोपमा सहयक निर्वाचन पदबाट हटाएको छ।

कार्यालयका अनुसार सहायक निर्वाचन अधिकृत पुडासैनी सामाजिक सञ्जालमा कुनै एक राजनीतिक पार्टीको प्रचारप्रसारमा प्रत्यक्ष संलग्न देखिएकाले उनलाई पदबाट हटाएको बताइएको छ।

उक्त पदबाट हटाइएको सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मकवानपुरगढी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको समेत बताइएको छ।

मकवानपुरगढी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयबाट हटाइएको सो पदमा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत मदन शिवाकोटीलाई पठाएको जानकारी प्राप्त भएको छ।

त्यसैगरी, मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तहको निर्वाचन सन्दर्भमा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ।
कार्यालयको बसेको बैठकले चुनावमा बालबालिकाको प्रयोग हुन सक्ने अवस्थालाई दृष्टिगत गरी निर्वाचनका क्रममा बालबालिकाको उपयोगलाई रोक्न र सो कार्य गरेको पाइएमा आवश्यक कारवाहीका लागि सूचना दिन आग्रह गरिएको सो कार्यालयका सूचना अधिकारी सागर शर्माले बताए।

बैठकले निर्वाचन आचार संहिता कार्यान्वयनको प्रभावकारी अनुगमन गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्ने र गराउने निर्णय गरेको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com