Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

रवि लामिछाने राजनीतिमा आउने, काठमाडौं बाट चुनाव लड्ने

असार, २ काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् ।

पत्रकार रवि लामिछाने राजनीतिमा आउने भएका छन्। ग्यालेक्सी फोर के टेलिभिजनमा सिधा कुरा कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाडेका हुन्।

टेलिभिजनबाट औपचारिक बिदाइ कार्यक्रममा लामिछानेलेभने आज मेरो अन्तिम एपिसोड प्रशारण हुनेछ, ह्याण्डओभर कार्यक्रम गर्दैछु लामिछानेले भने आफूले राजनीतिमा लाग्ने निधो गरेको छु ।

उनले भने, काठमाडौंको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुन क्षेत्रबाट लड्ने ? दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही दिन भन्छु ।

लामिछानेको भनाइ जस्ताको जस्तै:
आजबाट म सञ्चार क्षेत्रको आफ्नो यात्रालाई विश्राम दिँदैछु । एउटा सञ्चारकर्मीको रुपमा मैले सकेको गरेँ । के गरेँ, कति गरेँ तपाईँ दर्शकहरुसँग त्यसको हिसाब छ । र, मलाई त्यो हिसाव कहिल्यै पनि चाहिँदैन । यदि मैले केही राम्रै गरेको रहेछु भने पनि तयसको ब्याज कहिल्यै माग्ने छैन । सञ्चार क्षेत्रमा रहेर मैले कसैको ठाउँ ओगट्न खोजिनँ, बरु आफ्नै छुट्टै र अलग्गै ठाउँ निर्माण गर्ने कोशिस गरेँ । यो कोशिसमा मैले सँधै सिधा कुरा नै गरिरहेँ । र आज अर्को सिधा कुरा गर्न आज देखिएको छु । अब म आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसदसम्म पुर्याउन चाहन्छु । म रहरले सञ्चारकर्मी भएको हुँ । तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु । यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर आकांक्षा, महत्वकाँक्षा केहीपनि होइन । यो समाजलाई मेरोतर्फबाट मैले फिर्ता दिन खोजेको योगदानका रुपमा ग्रहण गरिदिनु होला । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो । मैले सञ्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा म नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहान्छु र आफू राजनीतिको नयाँ पुस्ता बन्न चाहान्छु । मेरो राजनीतिक यात्रा कस्तो हुनेछ भन्ने थाहा पाउन यही असार ७ गते दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आउनु होला । म आफ्नै सबै कुरा त्यहाँ भन्नेछु । तपाईँका लागि दिन मसँग खाना, खाजा, गाडी, बाइक, पेट्रोल खर्च केही पनि छैन ।

तर, यो मुलुकले खोजेको नेतृत्व र त्यसको खाका कोर्ने योजनाचाहिँ छ । यदि यति नै पर्याप्त छ भने आउनुहोस् यही असार ७ गते सभागृहमा । त्यहाँ बसेर नयाँ मार्ग कोर्नेबारे सल्लाह गरौँ । वर्षातको समय छ, पानीपर्ला हुरी चल्ला, चट्याङ पर्ला–मसँग त तपाईँलाई दिने छाता पनि छैन । तर, केही यस्ता योजनाहरु छन् जसलाई सार्थक पार्न सके हाम्रा सन्ततिको भविष्य सुनौलो बन्न सक्छ । भोलि बिहान उदाउने सूर्यले हाम्रा लागि परिवर्तन ल्याउँदैन, गर्न त हामीले नै पर्ने रहेछ । अब म तयार भएँ तपाईँ तयार हो ? आउनुस् सभागृहबाटै आफ्नो बाटो तय गरौँ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com