आज सुनको मूल्य प्रतितोला रु ९९ हजार ३०० मा कारोबार
काठमाडौंचैत २ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको हो। अघिल्लो दिन प्रतितोला रु एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार २०० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० तोकिएको छ। जसको मूल्य मङ्गलबार प्रतितोला रु एक लाख थियो। भने आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार ३७० मा आएको महासङ्घले जनाएको हो।
Facebook Comment