Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

ललिता निवास फैसलामा गृहमन्त्रीले दिए अदालतलाई धन्यवाद

फागुन,४ काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गरेको भन्दै धन्यवाद दिएका छन्।

उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका छन्। गृहमन्त्री श्रेष्ठले फैसला गर्ने अदालत र न्यायाधीशहरूप्रति आधार व्यक्त गर्दै धन्यवाद दिएका हुन्।
उनले भनेका छन्, ‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ।

जालसाजी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्‍यो। विशेष अदालत र न्यायाधीशहरूप्रति हार्दिक आभार र धन्यवाद।’

विशेष अदालतले हिजो विशिष्ट व्यक्तिहरू जोडिएको र ७० को दशकमै चर्चित मुद्दा ललिता निवास जग्गा प्रकरणको फैसला सुनाएको छ। फैसलामा राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिँदै पूर्व कर्मचारी, बिचौलिया र जग्गा खरिदकर्तालाई दोषी ठहर गरिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com