Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

फेरि डिभोर्स गर्ने भए ९१ वर्षीय रूपर्ट मर्डोकले

मिडिया उद्यमी रूपर्ट मर्डोकले फेरि डिभोर्स गर्ने भएका छन्। न्युयोर्क टाइम्सका अनुसार ९१ वर्षीय अर्बपति मर्डोकले चौथो पटक डिभोर्स गर्न लागेका छन्।

मर्डोक र पूर्वमोडल तथा अभिनेत्री जेरी हलबीच २०१६ मा विवाह भएको थियो। हल अहिले ६५ वर्षकी भइन्।
स्रोतहरूलाई उद्धृत गर्दै टाइम्सले मर्डोक र हलले डिभोर्स गर्न लागेको उल्लेख गरेको हो। उनीहरू दुबै जनाले भने यसबारे सार्वजनिक गरेका छैनन्।

मर्डोकका अमेरिकामा फक्स न्युज, बेलायतमा सन र अष्ट्रेलियामा स्काई न्युजलगायत सञ्चारमाध्यम छन्।

मर्डोकले यसअघि तीन जना श्रीमतीसँग डिभोर्स गरिसकेका छन्। उनकी पहिलो श्रीमती अष्ट्रेलियाली मोडल प्याट्रिसिया बुकर थिइन्। उनीहरूबीच सन् १९६५ मा डिभोर्स भएको थियो। पूर्वपत्रकार आनासँग उनले १९९९ मा डिभोर्स गरेका थिए। तेस्री पत्नी वेन्डी डेङसँग उनको २०१४ मा डिभोर्स भएको थियो। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com