Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

युक्रेनमा शान्ति स्थापनाका लागि चीन र बेलारूसको संयुक्त आह्वान

काठमाण्डौ – चीन र बेलारुसले युक्रेनमा शान्ति स्थापनाका लागि संयुक्त रुपमा आह्वान गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोबीच बेइजिङमा भएको भेटवार्तापछि युक्रेनमा शान्ति पुर्नस्थापनाका लागि संयुक्त आह्वान गरिएको हो ।

रुस–युक्रेन युद्ध अन्त्यका लागि चीनले अघि सारेको १२ बुँदे प्रस्तावमा पनि बेलारुसले समर्थन जनाएको छ ।
तर चीनको पछिल्लो प्रस्ताव अहिलेसम्म सार्वजनिक गरिएको छैन । चीनका पूर्वविदेशमन्त्री वाङ यिको मस्को भ्रमण लगत्तै बेलारुसी राष्ट्रपति बेइजिङ पुग्नुभएको हो ।

रुसले युक्रेनमा थालेको आक्रमण गएको फेब्रुअरी २४ मा एक वर्ष पुरा भएको छ । तर अहिलेसम्म युद्धको अन्त्य गर्ने र शान्ति स्थापनाका लागि ठोस पहल भने हुन सकेको छैन । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com