Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

मध्य म्यान्मारमा आँधी, ६ जनाको मृत्यु

sharethis sharing button

म्यानमार । मध्य म्यान्मारमा आएको आँधीमा परी ६ जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा बढी घाइते भएका छन् । म्यान्मा फायर सर्भिस विभागले शुक्रबार साँझ आएको आँधीमा परी एक सय नौ जना घाइते भएका बताएको छ । 

हुरीका कारण ६ जनाको घटनास्थलमा नै ज्यान गएको तथा घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । आँधीमा परी दुई जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका हुन् । शनिबार बिहानसम्म थप मृत्युको खबर आएको छैन । आँधीले दुई सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com