Yeti Khabar

२०८१ बैशाख २७, बिहीबार - Thu May, 2024 -

मूल्यवृद्धि विरूद्ध अनेरास्ववियुको मसाल जुलुस

असार, ६ काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध आन्दोलन सुरू गरेको नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा मसाल जुलुस प्रदर्शन गरेको छ।

आज बिहान केही समय सवारी साधन रोकेर सडक अवरूद्ध गरेको अनेरास्ववियुले दिउँसो सरकारी सवारी साधनको आवतजावतमा रोक लगाएको थियो भने साँझ मसाल जुलुस प्रदर्शन गरेको हो।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डेले सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेकाले आन्दोलित हुनुपरेको बताए।
मूल्य समायोजनका नाममा भ्रष्टाचार र घुसखोरीलाई बढावा दिँदै सरकारले एकपछि अर्को अलोकतान्त्रिक निर्णय गरेको छ, उनले भने।

अनेरास्ववियु रूपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले मूल्यवृद्धि फिर्ता नलिँदासम्म आन्दोलनलाई निर्णायक बनाउने बताए।
सरकारले हिजो राति १२ बजेदेखि लागू हुने गरी इन्धनमा भारी मूल्यवृद्धि गरेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com