प्रधानमन्त्री देउवालाइ भेटे प्रकाण्डले

काठमाडौं २ चैत नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भेटवार्ता गरेका हुन्।
प्रकाण्डले प्रधानमन्त्री देउवासँगको भेटमा पार्टीका नेताहरू बन्दी रहेको र उनीहरूलाई रिहा गर्ने व्यवस्थाका लागि सरकारले पहल गरिदिन माग गरेका हुन

मुद्दा फिर्तालगायतका माग पूरा भए आफूहरू स्थानीय तह चुनावमा सहभागी हुन पनि सक्ने बताएका छन्
प्रधानमन्त्री देउवाले भने मागमा आफू सकारात्मक रहेको जवाफ दिएका छन्
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलाई मुलधारमा ल्याएका थिए। तर त्यसबेला सरकारसँग गरिएका सहमति कार्यान्वयनमा ढिलाइ भइरहेको प्रकाण्डले बताएका छन् ।