‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा को केन्द्रीय समितिको बैठक सुरु
४ चैत, काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा को केन्द्रीय समिति बैठक ढिलो गरी सुरु भएको हो।
स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे निर्णय लिन कपिलवस्तुको शिवगढीमा शुक्रबार बिहान ८ बजे बस्ने भनिए पनि बैठक ढिलो गरी सुरु भएको हो ।
केन्द्रीय सदस्य खुमा सुवेदीले केन्द्रीय सदस्यहरु आउन ढिला भएकाले बैठक दुई बजेसम्मलाई सारिएको बताएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय लिने भएकाले चासोपूर्वक हेरिएको छ।
पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए । बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा थिए ।