Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

अर्जेन्टिनामा मेसीको पारिवारिक व्यवसायमा आक्रमण, मेसीलाई धम्कीपूर्ण पत्र

अर्जेन्टिनाको सान्ता फे प्रान्तस्थित रोजारियोमा लियोनेल मेसीको परिवारले सञ्चालन गर्दै आएको एक सुपरमार्केटमा बिहिबार मोटरसाइकलमा आएका दुई व्यक्तिले जथाभावी गोली प्रहार गरेका छन्।

आक्रमणकारीले अर्जेन्टिनी कप्तान एवं सात पटक विश्व वर्ष खेलाडी ३५ वर्षीय मेसीलाई एउटा धम्कीपूर्ण पत्रसमेत छोडेका छन्।
‘मेसी, हामी तिम्रो लागि पर्खिरहेका छौं, यहाँका मेयर जाभकिन पनि लागूऔषध तस्कर हो, त्यसैले उसले तिम्रो सुरक्षा र हेरचाह गर्नसक्दैन,’ आक्रमणकारीले हातले लेखिएको पत्रमा भनिएको छ।

आक्रमणपछि मेयर जाभकिनले संगठित अपराध न्यूनिकरणका लागि सुरक्षा निकायहरू असफल भएको भन्दै आक्रोश पोखेका छन्।
उनले पछिल्ला वर्षहरूमा महत्त्वपूर्ण बन्दरगाह सहरमा यस्तो अपराधिक घटना बढिरहेकोमा सचेत हुन आग्रहसमेत गरे।

‘मैले पीडितसँग कुरा गरेको छु। उनीहरू धेरै चिन्तित छन्,’ मेयर जाभकिनले आक्रमण भएको सुपरमार्केट बाहिर पत्रकारहरूसमक्ष भने।
आक्रमण भएको भवनको अगाडि १४ वटा गोली लागेको छ। घटनापछि सुपरमार्केट बन्द छ।

प्रहरीका अनुसार राजधानी ब्यूनस आयर्सबाट करिब १९०माईल (३०० किलोमिटर) उत्तरपश्चिममा रहेको रोजारियोस्थित मेसीको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा आक्रमण भएको हो।

बन्धुकधारीको आक्रमणमा कुनै पनि मानवीय क्षती नभएको र कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ।
मेसीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको अर्जेन्टिनाकै तेस्रो(सबैभन्दा ठूलो शहर रोजारियोस्थित युनिको सुपरमार्केटलाई किन निशाना बनाए भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई व्यक्तिले युनिको सुपरमार्केटमा बिहानै आएर कम्तिमा एक दर्जन गोली प्रहार गर्दै कार्बोर्डमा मेसीलाई सन्देश छोडेका छन्।

मेसीले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
यसैबीच सान्ता फेका सुरक्षा मन्त्री क्लाउडियो ब्रिलोनीले आक्रमणकारीको उद्देश्यबारे बारे कुनै ठोस अनुमान नभएको प्रतिक्रिया दिएका छन्।
आक्रमणअघि पीडित परिवारले यस्तो कुनै पनि धम्की नपाएको उनले जानकारी दिए।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com