Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

कारागारबाट एक जना कैदी फरार

भदौ, ८ काठमाडौं । ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदी फरार भएका छन्।
आज अपरान्ह ४ बजेपछि उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पातल लगिएका कैदी फरार भएको नख्खुका जेलर सुवासकुमार बुढाथोकीले जानकारी दिए। फरार हुनेमा रामेछापका भोला बुढाथोकी छन्।

उनी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्। उनलाई अदालतले २० वर्ष जेल सजाय सुनाएको थियो। २०७२ सालदेखि कैद भुक्तान गरिरहेका थिए।

उनको आँखामा समस्या देखिएपछि महाराजगन्ज लगिएको थियो।
‘झुसेली कीरा परेर आँखामा समस्या देखिएपछि उपचारको काम हुँदै थियो। फलोअपको लागि आज अस्पताल लग्दा भागे,’ उनले भने।

उनको एक हातमा हतकडीसहित भागेका थिए। उपचारको लागि कैदीबन्दीको एउटा हतकडी खोल्ने गरिन्छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com