Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

अमेरिकाले गाजामा पहिलो पटक हवाईमार्गबाट राहत सामग्री पुर्‍यायाे

काठमाण्डौ – अमेरिकाले पहिलो पटक हवाईमार्गबाट गाजा क्षेत्रमा राहत सामग्री पुर्‍याएको छ । अमेरिकाले जोर्डनसँगको समन्वयमा तीन वटा सैन्य विमान मार्फत खानाका ३८ हजार पोका पुर्‍याएको बीबीसीले जनाएको छ ।

गएको बिहीवार गाजामा राहत सामग्री लगिरहेका ट्रकलाई पीडितहरुले रोक्न खोज्दा भएको आक्रमणमा एक सय १२ जनाको ज्यान गएपछि अमेरिकाले हवाईमार्गबाट राहत सामग्री पुर्‍याएको हो । राहत सामग्री पुर्‍याउन भएको अवरोधका कारण गाजामा खाद्य सङ्कट बढ्दै गएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो तत्काल हवाईमार्गबाट राहत पुर्‍याउन निर्देशन दिनुभएको हो ।

गाजामा यसअघि बेलायत, फ्रान्स र जोर्डनले पनि हवाईमार्गबाट राहत सामग्री पुर्‍याएका छन् । बिहीवार एक सय १२ जनाको ज्यान जानेगरी भएको घटना पनि भोका मानिसले राहत बोकेको ट्रक रोक्न खोज्दा भएको भन्दै घटनाको छानबिन हुनुपर्ने अन्तराष्ट्रिय दबाब बढेको छ ।

संयुक्त राष्ट्रसङ्घले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार गाजामा ८४ प्रतिशत भन्दा धेरै महिला आधा पेट खानामा बाँचिरहेका छन् । इजरायलले गाजामा गरिरहेको आक्रमणमा २१ हजार महिला तथा बालबालिका सहित ३० हजार भन्दा धेरैको ज्यान गएको छ । सात सय मानिस हराइरहेका र ७० हजार चार सय जनाभन्दा धेरै घाइते भएका प्यालेस्टिन विद्रोही समूह हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com