Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

युद्धविराम सकिएसँगै गाजापट्टीको दक्षिणी क्षेत्रमा प्रवेश गर्न थाल्याे इजरायली सेना

काठमाण्डौ – प्यालेस्टाइनको विद्रोही समूह हमाससँगको युद्धविराम पछि अस्थायी आक्रमण बढाइरहेको इजरायली सेना गाजापट्टीको दक्षिणी क्षेत्रमा प्रवेश गर्न थालेको छ । इजरायली सेनाले गाजाको खान युनिस सहरको उत्तरी क्षेत्रबाट स्थलगत अभियान शुरु गरेको बीबीसीले जनाएको छ । यो शहरमा इजरायली सेनाको ट्याङकको तस्बिर देखिएको पनि खबरमा उल्लेख गरिएको छ ।

इजरायली रक्षा बल आइडिएफका प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हलेभीले आक्रमणलाई बढाएको बताउनु भएको छ । उहाँले तयारीका साथ मजबुत ढङ्गले आफ्ना सेनाहरु हमासविरुद्ध लडिरहेका दाबी गर्नु भएको छ । अस्थायी युद्धविराम सकिएसँगै इजरायलको गाजापट्टीमा गरेको आक्रमणमा परेर प्यालेस्टाइनका २ सय जना नागरिकको ज्यान गएको छ ।

इजरायलले अझै १३७  जना हमास समूहको बन्धकमा रहेको जनाएको छ । सात दिनको अस्थायी युद्ध विराममा हमासले ११० जना र इजरायलले २४० जना प्यालेस्टाइनी बन्दीलाई रिहा गरेको थियो । इजरायल र हमासबीच भइरहेको युद्धमा अहिलेसम्म १५ हजार भन्दा धेरैको ज्यान गएको अनुमान गरिएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com