Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

फेसबुकका सीईओ जुकरबर्गले किन मागे माफी ?

twitter sharing button
sharethis sharing button

वाशिङ्टन डीसी । सामाजिक सञ्जाल कम्पनी फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले माफी मागेका छन् । अमेरिकाको सिनेटमा सुनुवाइबिच चर्काचर्की भएपछि सामाजिक सञ्जालका कारण बालबालिका गुमाएका परिवारसँग जुकरबर्गले माफी मागेका हुन् । 

बुधबार जुकरबर्गसमेत पाँच शीर्ष सामाजिक सञ्जाल कम्पनीका सीईओहरु बालबालिकाको सुरक्षाको मुद्दासम्बन्धी सुनुवाइमा बयान दिन सिनेट पुगेका थिए ।

सुनुवाइका क्रममा जुकरबर्गले सामाजिक सञ्जालकै कारण छोराछोरी गुमाएका मातापिताबाट चर्को आलोचना खेप्नु परेको थियो भने सिनेटरहरूले उनलाई र्‍याखर्‍याख्ती पारेका थिए । दर्शक दीर्घामा बसेका केहीले हातमा इन्ष्टाग्रामले कसरी बाल आत्महत्या र शोषण बढाएको छ भन्ने देखाउने पोस्टर हातमा लिएका थिए । फेसबुक र इन्ष्टाग्रामको मातृ कम्पनी मेटासमेत अन्य सामाजिक सञ्जाल मञ्चहरू प्रायः बालबालिकाको सुरक्षाको विषयलाई लिएर आलोचित बनिरहेका छन् ।

सामाजिक सञ्जाल कम्पनीका प्रडक्टले अनलाइनमा बालबालिकाहरू यौन शोषण भइरहेको, मान्छे मारिरहेको भन्दै सिनेटरहरू जुकरबर्गसँग भड्किएका थिए । अनलाइनमा बालबालिकाहरूको सुरक्षाका लागि कम्पनीहरूले के के गरिरहेका छन् भनेर सिनेटरहरूले जान्न चाहेका थिए । 

सामाजिक सञ्जालमा पोस्ट हुने सामाग्रीका लागि ती कम्पनीहरूलाई जिम्मेवार बनाउन अहिले कंग्रेसमा विधेयक पुगेको छ । सिनेटमा जुकरबर्ग र टिकटकका सीईओ शोउ जि चिउले स्वैच्छिक रूपमै बयान दिन सहमत भएका थिए ।

तर स्न्याप, डिस्कर्ट र एक्सका सीईओले मानेनन् । सुनवाइमा सिनेटर र दर्शकहरूको अधिकांश निशाना जुकरबर्गमाथि थियो । ‘तपाईंको परिवारले भोगेको पीडाबाट कोही पनि गुज्रिनु हुँदैनथ्यो ।’ भनेर जुकरबर्गले भनेका छन् । अनलाइनमा बालबालिकाहरूलाई जोगाउने विषयमा प्रगति नभएको देखेर सिनेटरहरू क्रुद्ध देखिन्थे । माफी माग्ने क्रममा जुकरबर्गले कम्पनीले यसका लागि ठुलो लगानी गरिरहेको समेत बताएका थिए । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com