Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीमा दुई जनाको मृत्यु

पुष,२४ काठमाडौं । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिलीपकुमार गिरीले बताउनुभयो ।

उनका अनुसार बर्दिवास–औरही भित्री सडक खण्डमा रामगोपालपुरतर्फ जाँदै गरेको प्र २–०२–००४ प१८४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ११ प ८०९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

हिजो राति सबा दस बजे भएको उक्त दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरी भँगहा नगरपालिका–३ का धर्मेन्द्र महतो र महोत्तरी रामगोपालपुर नगरपालिका–८ थलीका मुकेश चमार रहेको प्रहरी उपरीक्षक गिरीले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बर्दिवासस्थित शुभ स्वस्तिक अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com