Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

युक्रेनको २० प्रतिशत भूभाग रूसले कब्जा गरेको राष्ट्रपति जेलेनेस्कीको दावी

रुसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दावी गरेको छ ।
यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार भने, “हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ ।” देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ ।

यूक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको यूक्रेनले आरोप लगाउँदै आएको छ । लक्जम्बर्गमा सांसदहरुलाई सम्बोधन गर्दै यूक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए । उनले निराश नहुन र कुनैपनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com