Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पेस्तोलसहित दुई जना पक्राउ

भदौ, ६ काठमडौं । मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा ईलाकाबाट हतियारसहित २ जना पक्राउ परेका छन्।
हिजो सशस्त्र प्रहरीले दुई वटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षिय आरिफ आलमलाई पक्राउ गरेको हो।

को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाईनिज पेस्तोल, सोको एक वटा म्याग्जीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो।

आलमले उक्त पेस्तोल उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षिय नवीन धिमालले मगाएको मौखिक बयानको आधारमा धिमाललाई पनि रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ।

धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाईकल तथा ४७ हजार ७ सय ७० नेपाली रूपैयाँ र दुई थान मोबाईल सेट समेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, म्याग्जिन, गोली, मोटरसाईकल, रूपैयाँ र मोवाईल सहित आवश्यक कारवाहीको लागि प्रहरीको जिम्मा लगाएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com