Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी

चैत्र,२० काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा गाडी, स्कुटर र मोटरसाइकल जलेको छ।
आज बिहान साँढे ४ बजेर ४० मिनेटमा भएको आगलागी प्रहरी लगायतले ५ बजेर १५ मिनेटमा नियन्त्रणमा लिएका थिए।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी सिद्धीविक्रम शाहले महिन्द्राको सर्भिसिङ सेन्टरमा रहेका गाडीलगायत सवारी साधनमा आगलागीबाट क्षति पुगेको बताए ।

बिजुली सर्ट भई तेलमा परेपछि आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ।
‘६ वटा गाडी जलेको छ। ३ मोटरसाइकल, २ स्कुटर, एउटा मारूती भ्यान जलेको पाइएको छ,’ उनले भने, ‘क्षतिको विवरण संकलन भइरहेको छ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com