Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

सप्तरीमा ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु

काठमाडौं २५ वैशाख । सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिँदा एक युवकको ज्यान गएको छ।
आज बिहान भएको दुर्घटनामा एक स्थानी युवकको मृत्यु भएको प्रहरीको भनाइ छ।मृत्यु हुनेमा स्थानीयवासी राजीन पौदारका १९ वर्षीय छोरा शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ।

सोही ठाउँको (केराबारी)मा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २–०१–००१त २००१ नम्बरको ट्र्याक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी उमेश साहले जानकारी दिएका छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com