Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

२३ वर्षपछि हत्याका आरोपित पक्राउ

माघ,१६काठमाडौ । खानामा विष मिलाएर हत्या गरेको अभियोगमा फरार भएका एक आरोपितलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। कमला नगरपालिका वडा नम्बर ६ स्थित सखुवामडान बस्ने ५४ वर्षीय मोहन साह कानुलाई घटनाको २३ वर्षपछि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

मोहनले विष मिलाएर दिएको खाना स्थानीय बुधनी देवीले खाँदा उनको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार बुधनीको हत्या गरेर उनले शव समेत बेपत्ता पारेका थिए। घटनपछि फरार भएका मोहनलाई अनुसन्धानको सिलसिलामा खोज तलास गर्दै जाने क्रममा विशेष सूचनाको आधारमा आइतबार पक्राउ गरिएको उनले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com