Yeti Khabar

२०८१ बैशाख २५, मंगलवार - Tue May, 2024 -

राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि गरिने

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् पार्टी सल्लाहकार सदस्य सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।

बुधवार आकस्मिकरूपमा सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले स्व. दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँले स्व. दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको पनि बताउनुभयो । 

उहाँले भन्नुभयाे, ‘विसं २०२८ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आबद्ध रही समाज रूपान्तरणका लागि भएका सशस्त्र सङ्घर्षलगायतका सबै खाले आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्वर्गीय दाहालको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात् गर्नसक्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ । दोस्रो निर्णयको रूपमा दिवङ्गत दाहालको राजकीय सम्मानस्वरूप अन्त्येष्टि गर्ने निर्णय भएकाे छ ।’

मन्त्रिपरिषद् बैठकले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना पनि प्रकट गरेको छ । सीता दाहालकाे उपचारका क्रममा आज बिहान निधन भएकाे थियाे । उहाँ ६९ वर्षकाे हुनुहुन्थ्याे ।उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com