Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

चीनमा ५.९ म्याग्निच्युडको भूकम्प

चीनको अरलमा सोमबार बिहान भूकम्पको झट्का महसुस गरिएको छ । भूकम्प ५.९ म्याग्नेच्युडको रह्यो । युरोपेली–भूमध्यसागरीय भूकम्पीय केन्द्र (इएमएससी)ले यसबारे जानकारी दिएको हो ।

हालसम्म कुनै पनि खालको क्षतीको विवरण आएको छैन । भूकम्प अरल (चीन) को १११ किमी दक्षिण पूर्वमा आएको हो । यसबाहेक मध्य एशियामा स्थित देश किर्गिस्तानमा पनि भूकम्पको झट्का महसुस गरिएको छ, जसको तीव्रता ५.८ रह्यो ।

शनिबार इरानको खोय शहरमा पनि भूकम्प आएको थियो जसमा सातजनाको मृत्यु भयो र करिब ४४० जना घाइते भए । भूकम्पको तीव्रता ५.९ थियो । भूकम्पको झट्का आसपासका थुप्रै शहरमा पनि महसुस गरियो । भूकम्प टर्की–इरान सीमा नजिकै उत्तर पश्चिम इरानको पश्चिम अजरबैजान प्रान्तको खोय शहरमा आएको हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com