Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

ह्यारी र मेघनलाई खाली गर्न भनियो बेलायतको घर

राजकीय जिम्मेवारी त्यागेर अमेरिका गएका बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई बेलायतमा रहेको उनीहरूको घर खाली गर्न भनिएको छ।

द गार्डियनका अनुसार ह्यारी र मेघनका एक जना प्रवक्ताले बेलायती राजपरिवारले उनीहरूलाई विन्डसर क्यासलनजिकै रहेको फ्रगमोर कटेज खाली गर्न भनेको बताएका छन्। यो भवन १७ औं शताब्दीमा बनेको बताइन्छ।

ह्यारीले आफ्नो आत्मकथा ‘स्पेयर’ सार्वजनिक गरेपछि बेलायती राजपरिवार र ह्यारी-मेघन सम्बन्धमा थप तिक्तता आएका बेला उनीहरूलाई घर खाली गर्न भनिएको हो। बेलायतका राजा चार्ल्सले पनि यो कुरालाई स्वीकृति दिएका छन्।

ह्यारी र मेघनले केही दिनमै यो घर छोडेमा राजा चार्ल्सको राज्याभिषेक हुनुअघि नै ह्यारी-मेघनको बेलायती राजपरिवारसँगको सम्बन्ध थप कमजोर हुनेछ।
ह्यारी र मेघनलाई खाली गर्न भनिएको घर अर्का राजकुमार एन्ड्रुलाई दिइएको बताएको छ उनी पनि अहिले राजकीय पदमा छैनन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com