Yeti Khabar

२०८१ बैशाख २५, मंगलवार - Tue May, 2024 -

जनता माओवादी घटक एक भएको हेर्न चाहन्छन्: देव गुरूङ

sharethis sharing button

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता रहेको बताए।

आज रुकुमपश्चिममा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सबै कम्युनिष्ट शक्ति एक हुन जरूरी रहेको बताए।

‘पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको छ। सामाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ। नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ। माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुन्छ,’ गुरुङले भने।

जनताले पनि माओवादी घटक एक भएको हेर्न चाहेको उनले बताए। नेपालमा रहेका कम्युनिष्टमा वैचारिक कुरामा केही नमिले जस्तो देखिए पनि ती कुरालाई मिलाउन सकिने महासचिव गुरुङले बताए।

‘कम्युनिष्टमा अन्तर द्वन्द्व हुनु राम्रो होइन। यसले नेपालमा रहेका कम्युनिष्टलाई नै समस्या बनाउँछ। कुनै न कुनै समयमा हामी एक भएर काम गर्नु पर्छ,’ उनले भने। अहिलेको गठनबन्धनको सरकार तीन वर्ष टिक्ने गुरुङले दाबी गरे।

‘अहिलेको सरकार तीन वर्ष नै टिक्छ। यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन्। तर त्यो काम सफल हुन सक्दैन। यो सरकारलाई जनताले रुचाएका छन्। सरकारले पनि जनमुखि काम गर्दै आएको छ,’ उनले भने। भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा सबै लाग्न जरुरी रहेको उनको भनाइ थियो। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com