Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

भारतमा आज ७५ औँ गणतन्त्र दिवस मनाइँदै

भारतले आज विभिन्न कार्यक्रम गरी ७५ औँ गणतन्त्र दिवस मनाउँदैछ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।

दिवसको अवसरमा हुने समारोहमा यो वर्ष भारतले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई प्रमुख अतिथि बनाएको छ । आज उहाँ ट्याङ्क, ऊँट घोडचढी र लडाकू जेट फ्लाई पास्टसहित रङ्गीन सैन्य मार्चपासमा सहभागी हुनुहुने बीबीसी हिन्दीले जनाएको छ ।

भारतको विदेश मन्त्रालयले नयाँ दिल्ली र पेरिस ‘रणनीतिक साझेदार’ भएको बताएको छ भने फ्रान्सेली राष्ट्रपतिले आफ्नो भ्रमणले भारत र फ्रान्सबीचको कुटनीतिक र आर्थिक सम्बन्धलाई सुदृढ र गहिरो बनाउने बताउनुभएको खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com